लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषद रुपन्देहीको ल्होसार बिशेष कार्यक्रम

IMG

कुमार गुरुङ-बुटवल,पुष १४। तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषद रुपन्देहीले गुरुङहरुको महान पर्व मुप्री (गिद्ध बर्ग) ल्होसारको अवसरमा  बृहत् झाकी सहित शान्ती र्याली सम्पन्न गरेको छ।पुष्पालाल पार्क बाट सुरु भएको झाकी र्याली नगर परिक्रमा गर्दै परिषदको प्राङ्गण रामनगरमा कार्यक्रमका प्रमुख अतिथी प्रदेश प्रमुख अमिक शेरचनले पानसमा बत्ती बालेर उदघाटन गर्नुका साथै त्रीमुर्तिमा माल्यर्पण गर्नु भएको थियो। कार्यक्रममा बोल्नु हुँदै गुरुङ जातिहरुको संस्कार संस्कृती र रितिरिवाजहरु सबै आफ्नो जातिय संस्कार संग मिल्दो जुल्दो भएकोले पुर्खाहरु एउटै हुन सक्ने बताउनु भयो। 


अहिले आएर मृत्यु संस्कार हरेक कुराहरु समय परिस्थिती अनुसार परिवर्तन हुदै गएकोले केही भिन्नता भएको बताउनु भयो ।भुमीपुत्र आदिवासी जनजातिहरुले यो भुमिलाई हिजोका दिनमा उर्बशिल बनाएको र परापुर्वकालमा जनजातिले राज्य संचालन गरेका इतिहासहरु जिबितै रहेको तर हामी नै आज यो भुमीबाट सडकमा पुग्नु पर्ने अवस्था आएकाले अबका दिनमा जनजातिहरुलाई देशको उच्च तहमा पुर्याउनु पर्ने र विभिन्न ओहोदामा जनजातिहरु पुग्नु पर्ने बताउनु भयो। देशका कलकारखानाहरु धेरै बन्द भएका कारण दैनिक रुपमा युवाहरु रोजगारिका लागि बिदेशिनु पर्ने अवस्था आएको बताउनु भयो।हिजोका दिनमा हामिले हाम्रै कलकारखानाहरु संचालन हुदा स्वदेशि बस्तुहरु उत्पादन गरेर अन्य मुलुकले आयत गर्ने गर्थे तर अहिले सबै बन्द भएका कारण आर्थिक अवस्था कम्जोर भएकाले अबका दिनमा सबै कलकारखाना सन्चालन गरेर स्वदेशी उत्पादन बढाउनु पर्ने कुरामा जोड दिनु भयो। 


त्यसैगरि तमु छोज धि मुखपत्रको बिमोचन र तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषद बुटवल नगर समितिले नगरभित्र रहेका इकाईमा आवद्ध आर्थिक अवस्था कम्जोर भएकाहरुलाई  न्यानो कम्बल, खाद्यान्न प्रमुख अतिथिबाट बितरणका गरिएको थियो। त्रीमुर्तिका छोराहरु डम्बर गुरुङ,मोहन गुरुङ,जय बहादुर गुरुङ र कृष्ण गुरुङले त्रीमुर्तीका नाममा परिषदको प्राङ्गण निर्माण गरिएको मन्च नामाकरण गर्न तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषद रुपन्देहिलाई सात लाख रुपैया आर्थिक सहयोग गरेको छ। विशेष अतिथी नगपालिका उपप्रमुख साबित्रा देबि अर्याल वक्तहरु केद्रीय सदस्य झमबहादुर गुरुङ  देवदह इकाईका अध्यक्ष मन बाहदुर गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा गुरुङ पुरोहितहरुले छ्याडु नाच प्रस्तुत गरेका थिए। 


त्यसैगरी इकाई स्तरिय नृत्य प्रतियोगितामा लोक दोहोरी गायक तथा नायक धन बहादुर गुरुङ,मम आइडल बिजेता कृष्ण कुमारी गुरुङ र नृत्य निर्देशक संघ रुपन्देहिका अध्यक्ष सुन्दर गुरुङ निर्णायकको भुमिका निर्वाह गरेका थिए। प्रतियोगितामा छ वटा इकाई समितिलाई पछि पार्दै मधवलिया इकाई समितीले प्रथम पुरस्कार नगद दश हजार प्राप्त गरेका छन।त्यसैगरी द्वितीय पुरस्कार खेमा छोज धि देवदहले नगद सात हजार प्राप्त गरेका छन भने तृतिय पुरस्कार ढेकार इकाई समितिले नगद पाच हजार  र सान्त्वना पुरस्कार नगद तीन हजार ज्योतिनगर इकाई समिती बुटवलले प्राप्त गरेका छन। परिषदका जिल्ला अध्यक्ष बिमला गुरुङको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष राम बहादुर गुरुङको स्वागत संचालन सचिव ओम प्रकाश गुरुङ र आशा गुरुङले गरेका थिए।  


गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हु सँघ नगर समिति बुटवलले पनि गुरुङहरुको महान पर्व मुप्री ल्हो (गिद्ध बर्ग) ३२२७६ औ तमु ल्होसार २०८० को अवसरमा शान्ती झाकि र्याली सम्पन्न गरेको छ। प्रमुख अतिथि तमु प्ये ल्हु संघका केन्द्रीय उपाध्यक्ष देबि प्रसाद गुरुङले र्यालिको सुरुवातमा रिबन काटेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो। गोलपार्क देखि सुरु भएको झाकी र्याली ट्राफिक चोक हुदै बेलबास- १५ पहिले भित्तामा रहेको गुरुङहरुको धार्मिक संस्था काेँहिबाे धि सम्म गुरुङ पुरोहितहरुले प्रयोग गर्ने  बाजा गाजा त्यसै गरि गुरुङ मौलिक छ्याडु नृत्य का साथ झाँकी र्याली सम्पन्न गरेको छ। कार्यक्रममा गुरुङ संस्कृती झल्किने बिबिध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो तमु प्ये ल्हु संघ बुटवल नगरका अध्यक्ष रुप बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।



कमेन्ट गर्नुहोस्