लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पहिचान बदल्दै ‘सम्झना पार्क’, हाइवेको एकमात्र ठुलो पार्क मंगलापुरमा

IMG

तिलोत्तमा, पुष १३ गते। सिद्धार्थ राजमार्गको बुटवल–बेलहिया सडक बिस्तारसँगै सडक छेउछाउभएका छहारी, विसौनी मासिए । केही मात्रामा भएका यस्ता सितलता प्रदान गर्ने स्थानको अभाव रहेको थियो । यसै सन्दर्भमा रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ९ को मुख्यराजमार्ग छेवैमा रहेको सार्वजनिक जग्गा संरक्षण गरी नगरपालिका, वडा कार्यालय र स्थानीय सम्झना युवा परिवार क्लवले पार्क निर्माण गरी यसको पहिचान स्थापना गर्न सुरुवात गरेको छ ।पार्क निर्माण पूर्व स्थानीयका अनुसार एउटा पोखरी थियो । त्यहाँ मौसम परिर्वतन संगै त्यहाँ पानी सुकेर उक्त स्थान खाली भएको थियो ।पानी सुकेपछि अतिक्रमण समेत हुन लागेको उक्त स्थानमा अहिले भने स्थानीयले आकर्षक पार्क, खुल्ला डबली, जेष्ठ नागरिक मिलन केन्द्र लगायतका संरचना निर्माण गरी राजमार्गको विसौनीको रूपमा प्रयोग गर्न थालेका छन् ।


गर्मी मौसममा सितलाको खोजीको लागि राजमार्ग छेउछाउबाट उक्त स्थान गएर सितलताको महसुस गर्न सकिने गरी संरचना निर्माण गरिएको छ । केही बर्ष पहिला पोखरीको पानी सुकेपछि सुकेपछि गृह मन्त्रालयले त्यहाँ ईलाका प्रहरी कार्यालय स्थापना गर्ने गरी योजना समेत अगाडी बढाएको थियो । स्थानीयहरूले अन्य स्थानमा ईलाका प्रहरी कार्यालय स्थापना गरी उक्त स्थान संरक्षण गरेर अहिले आर्कषक पार्क सहिताका संरचना बनाएका हुन ।स्थानीय क्लव सम्झाना परिवार क्लव ले त्यसको रेखदेख गर्न थाले पछि अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तिलोत्तमा नरपालिकाको सहयोगमा उक्त स्थानमा मनमोहक पार्क निर्माण गरिएको छ । पार्क निर्माणमा तिलोत्तमा नरपालिकाले माटो पिलिङ्ग गर्ने सहितका विभिन्न पुर्वाधार निर्माणमा सहकार्य गर्दै आएको छ ।


जेष्ठनागरिक मिलन केन्द्र सहितका खुल्ला डबली समेत उक्त पार्कमा स्थापना गरिएको छ । सम्झना पार्क नामाकरण गरिएको यो पार्कमा पछिल्लो समयमा हरियाली प्रर्वद्धन संगैका काम भएका छन् । सिद्धार्थ रामार्गको छेवैमा रहेको यो स्थान साढे १० कठ्ठा क्षेत्रफलमा फैलिएको छ । उक्त स्थानमा तिलोत्तमा नरपालिकाको नयाँ गन्तव्यको रूपमा समेत विकास गर्ने गरी काम भैरहेको अध्यक्ष खिमेन्द्र राना बताउँछन् ।उनका अनुसार बाल उद्यान, सहितका आर्कषका हरियाली प्रर्वद्धन गरी सिद्धार्थ राजमार्गकै छेउमा मानिसले केही समयभएपनि मन भलाउने वातावारण निर्माण गर्ने गरी योजना अगाडी बढाइएको हो । ईलाका प्रहरी कार्यालयलाई वडा नम्बर ६ मा जग्गा प्रदान गरी उक्त स्थानमा पार्क निर्माण गर्न सफल भएको अध्यक्ष रानाको भनाइ रहेको छ ।


पार्क निर्माणको लागि कुल ढाई करोड बजेट अपेक्षा गरिएको थियो । जसबाट पार्कीको संरक्षण, रङ्गरोगन देखि लिएर हरियाली प्रवद्र्धन लगायतका कामहरू भैरहेका हुन । वडा नम्बर ७ को एक मात्रै पार्क, उद्यानको रूपमा रहेको यो क्षेत्रको प्रसारप्रसार गरी राधाकृष्णमन्दीरको आडमा धार्मिक पर्यटक समेत तानन्न सकिने अध्यक्ष रानाको भनाई रहेको छ ।तिलोत्तमा नरपालिका वडा नम्बर ९ का अध्यक्ष धुब्र न्यौपानेका अनुसार यो पार्कको प्रसार प्रसार गर्न सकेमा तिलोत्तमा नरपालिकाकै नयाँ अर्को गन्तव्यको रूपमा विकास हुने अपेक्षा लिएको जानकारी दिए । उनले भने–‘यो पार्क लाई थप व्यवस्थीत गर्न सकिएमा भैरहवा, बुटवलबाट समेत मानिसहरू आउन सक्ने निश्चित छ । ’


पार्कमा जेष्ठ नागरिक मिलन केन्द्र समेत निर्माण गरिएको छ भने २०० बढि अट्ने गरी डबली समेत निर्माण गरिएको छ । पार्कमा हालसम्म संघीय मन्त्रालयको दुई पटक गरी २५, २५ लाख रूपैयाँ सहयोग भएको भने जिल्ला वन कार्यालयबाट १० लाख सहयोग भएको छ । यस्तै पर्यटन डिभिजन कार्यालय बाट १० लाख भौतिक संरचना निर्माणका लागि सहहयोग भएको छ ।स्थानीय सम्झना परिवार क्लवबाट हालसम्म देउसी भैलोको रमकबाट संकलन गरिएको २५ देखि ३० लाख रूपैयाँ खर्च गरिएको छ । भौतिक संरचना निर्माण लगायतका लागि अझै ५० लाख रूपैयाँ रकम भएमा यसलाई पूर्ण आर्कषक बनाउन सकिने वडा अध्यक्ष न्यौपानेको भनाई रहेको छ । पार्कमा रहेको ओपन डबलीमा ४ देखि ५ सय जती मानिस बसेर कार्यक्रम हेर्न सक्ने गरीको संरचना निर्माण गरिएको छ । साढे १० कठ्ठा क्षेत्रफलमा फैलिएको यो पार्क अझ व्यवस्थित गर्न सकेमा थप पर्यटक तान्न सकिने अपेक्षा समेत लिइएको छ ।


कमेन्ट गर्नुहोस्