लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मन्त्री किराँतीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

tillotmacitynews - 2023 Dec 25 06:34 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन भएको छ । क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्नेजस्ता विवादास्पद अभिव्यक्ति दिएपछि उनको राजीनामा माग्दै काठमाडौंमा सोमबार प्रदर्शन भएको हो । सनातन धर्मावलम्बी नेपालीको अगुवाइमा सोमबार काठमाडौँमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले संसद् भवन घेराउ गर्दै  मन्त्री किराँतीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।


उनीहरुले गौशालाबाट बानेश्वरसम्म शंख बजाउँदै विरोध र्याली गरेका थिए । 

कमेन्ट गर्नुहोस्