लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुसी सेनामा कार्यरत ४ नेपाली युकेनमा बन्दी, थप एकको मृत्यु

IMG

तिलोत्तमा, पुष ४ गते।अवैध रुपमा रुसी सेनामा भर्ती भएका ४ जना नेपाली युक्रेनमा बन्दी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै रुसी सेनामा कार्यरत थप एक नेपाली भिडन्तमा मारिएको पनि मन्त्रालयले पुष्टि गरेको छ । यससँगै रुसी सेनामा भर्ना भएर मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ ।रुस र युक्रेनबीच जारी युद्धका क्रममा नेपालीहरु अवैध रुपमा रुसी सेनामा भर्ती भएका छन् भने उनीहरुलाई अग्रमोर्चामा युक्रेनविरुद्धको लडाइँमा खटाइएको बताइएको छ ।


युक्रेनमा बन्दी रहेका नेपालीहरुमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुन रहेका छन् ।उनीहरुको रिहाइका लागि पहल भइरहेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । यस्तै युक्रेन र रुसबीचको भिडन्तमा कुन्द सिंह नागलको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसअघि पनि रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्