
तिलोत्तमा सिटी, २०८० पुष २ गते । बुटवलको फूलबारीमा एक युवा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । बुटवलको एक बैंकमा कार्यरत प्रकाश शर्मा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।फूलबारीको एक रेस्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले यस विषय अनुसन्धान सुरु गरेको जनाएको छ । लामो समयदेखि बैङ्किङ क्षेत्रमा कार्यरत शर्मा बुटवलमै बस्दै आएका थिए।
कमेन्ट गर्नुहोस्