लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रधानमन्त्री प्रचण्ड नवलपरासी रामग्राम स्तूप आउँदै

tillotmacitynews - 2023 Dec 12 12:03 PM
IMG

तिलोत्तमा सिटी, २६ मंसिर २०८० । नवलपरासीको रामग्राम स्तूप क्षेत्रको पुनर्स्थापना लागि दूरदर्शी परियोजनाको शुभारम्भ गर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले नवलपरासी आउँदै छन्। लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजना रामग्राम स्तूप क्षेत्रको पुनर्स्थापना, संरक्षण र विकासका लागी दूरदर्शी परियोजनाको शुभारम्भको तयारी भएको छ। 


उक्त परियोजना शुभारम्भ गर्नको लागि प्रधानमन्त्री आउँदै छन्। यस अघि हिजो साँझ नै संस्कृति मन्त्री सुदन किराँतले विश्व शान्तिको कामना गर्दै एक हजार ११२ शान्तिदीप क्यान्डिल र ७ हजार दीप प्रज्जवलन गरिएका थिए। नवलपरासी (पश्चिम) रामग्राम स्तूपमा यो परियोजनाले यो कार्यक्रमबाट थप प्रचारप्रसार र लगानी पनि वृद्धि हुने लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईले बताए ।

कमेन्ट गर्नुहोस्