
तिलोत्तमा,२३ मंसिर २०८०।आज बिहानदेखि धुम्मिएको रुपन्देहीको मौसम अब भनखुल्दै जाने अनुमान गरिएको छ । रुपन्देहीमा केहीदिनयता मौसम धुम्म हुने र घाम राम्रोसँग नलाग्ने भैरहको छ ।तर दिउँसोेबाट क्रमश मौसम खुल्दै जाने अनुमान मौसमविदहरुले गरेका छन । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले मौसम धुम्म हुँदा खासै चिसो बढ्दैन । मौसमविद् नगरकोटीका अनुसार बेलुकीबाट भने मौसम खुल्दै जाने छ । मौसम सफा हुँदै गएपछि भोलिदेखि थप चिसो बढ्ने मौसमविद् नगरकोटीले बताइन ।आज रुपन्देहीको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम २० देखी २७ सम्म पुग्ने पूर्वानुमान गरिएको छ ।
कमेन्ट गर्नुहोस्