लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रतिवेदनमा नाम नराखेको भन्दै उपसचिवले हाने अधिकृतलाई झापड

tillotmacitynews - 2023 Dec 07 02:02 PM
IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर, २१ गते ।  संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले प्रतिवेदनमा आफ्नो नाम नराखेको भन्दै अधिकृतमाथि हातपात गरेका छन्। उपसचिव गैरेले अधिकृत सिर्जना तण्डुकारमाथि झापड हानेका हुन्। यो घटना मंगलबार बिहान पौने ११ बजेतिरको हो। ‘मंगलबार बिहान करिब पौने ११ बजेतिर उहाँ (रामप्रसाद) सम्पूर्ण विवरण शाखाभित्र छिरेर मैले गरेको काम बिगार्ने तैं होइनस् भनेर अधिकृत तण्डुकारमाथि एक झापड हानेर निस्कनुभयो,’ एक कर्मचारीले  भने।


आफूमाथि हातपात भएको भन्दै अधिकृत तण्डुकारले उपसभामुख इन्दिरा रानालाई जानकारी गराइसकेकी छन्। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले यो घटनाबारे आफूले बुझिरहेको सेतोपाटीलाई बताए। घटनापछि अधिकृत तण्डुकारको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा तण्डुकारमाथि हातपात भएको देखिएको मेडिकल रिपोर्टमा उल्लेख रहेको ती कर्मचारीले बताए।

कमेन्ट गर्नुहोस्