लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही पर्सहवाबाट ११ लाख बराबरको चिनीसहित गाडी नियन्त्रणमा

tillotmacitynews - 2023 Dec 07 01:38 PM
IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर, २१ गते । रुपन्देही प्रहरीले अवैध चिनीसहित बोलेरो पीकअप भ्यानलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको टोलीले मायादेवी गाउँपालिका–५ स्थित पर्सहवाबाट बुधवार ५६ बोरा चिनीसहित गाडी नियन्त्रणमा लिएको हो । 

बुटवल उपमहानगरपालिका–२ का ३२ वर्षीय ईश्वर भुसालले चलाएको लु २ च २४ नम्बरको पीकअपमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याइएको चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोहर प्रसाद भट्टले चिनी र गाडीसहित अन्दाजी मूल्य रु ११ लाख ८२ हजारको रहेको बताए ।  प्रहरीले सो गाडीमा सवार बुटवल–१३ का २० वर्षीय अर्जुन कुँवरलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका मानिस, बरामद चिनी र गाडी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको भट्टले बताए ।

कमेन्ट गर्नुहोस्