लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा स्कुटर चोरीको आरोपमा एक जना पक्राउ

tillotmacitynews - 2023 Dec 06 08:29 AM
IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर,२०गते । रुपन्देहीमा स्कुटर चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं.२ बस्ने २६ वर्षीय खिरी नारायण थारु रहेका छन् ।  थारुले रुपन्देही शुद्धोधन गाउँपालिका वडा नं २ कलुवा स्थित कृष्ण बहादुर खत्रीको घरमा पार्किङ गरी राखेको लु४२प ५९५२ नम्बरको स्कुटर चोरेको प्रहरीले जनाएको छ ।  


मंगलबार चोरी गरी रुपन्देही देवदह नगरपालिका ५ खैरेनीबाट नवलपरासीतर्फ लैजाँदै गर्दा स्कुटरसहित चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । थारुविरुद्ध चोरी सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्