लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कने

tillotmacitynews - 2023 Dec 03 12:04 PM
IMG

तिलोत्तमा सिटी, १७  मंसिर २०८० । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स युएई पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् । आज साँझ ६ः३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । यसअघि प्रचण्डले शनिबार कोप सम्मेलनलाई सम्बोधन गरेका थिए । 


सो क्रममा उनले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताएका थिए ।

कमेन्ट गर्नुहोस्