लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अनलाइन मार्फत यौन व्‍यवसाय गरेको आरोपमा ५ जना पक्राउ

tillotmacitynews - 2023 Dec 03 08:43 PM
IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर,१७ गते । अनलाइन मार्फत यौन व्‍यवसाय सञ्‍चालन गरेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्‍न ठाउँबाट ५ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको दरबारमार्ग, नयाँ बसपार्क, तिलिङटार, बानेश्वर लगायत ठाउँबाट अनलाइन मार्फत यौन व्यवसाय सञ्चालनमा संलग्नताको आरोपमा ५ जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा  रामेछापको दोरम्बा-३ घर भई हाल  ललितपुर बस्‍ने २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाको  लिखु गाउँपालिका-७ घर भई हाल कागेश्वरी मनोहरा बस्‍ने ३३ वर्षीय गोपाल थापा,  सिन्धुलीको सुनकोशी गाउँपालिका-६ घर भई हाल काठमाडौंको कालोपुल बस्‍ने ४४  वर्षीय सेते सार्की, सल्यानको कपुरकोट-५ घर भई हाल काठमाडौंको बालाजु-१६ बस्‍ने २५ वर्षीय शिवराज परियार र नुवाकोटको विदुर नगरपालिका-६ घर भई हाल काठमाडौं महानगर-१६ बस्‍ने अमृत रोक्का रहेका छन् ।


पक्राउ परेका उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको अपराध अनुसन्धान कार्यालयका  प्रहरी उपरीक्षक (एसपी) एवं प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

कमेन्ट गर्नुहोस्