लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा आजदेखि नेपाली कांग्रेसको प्रदेश सम्मेलन हुँदै

tillotmacitynews - 2023 Dec 02 01:26 PM
IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर,१६ गते । नेपाली कांग्रेसको आज देखि बुटवलमा प्रथम प्रदेश सम्मेलन हुने भएको छ । आज  र भोलि  बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश सम्मेलनमा  पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, बाँकी ६ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । प्रदेश सभापति अमरसिंह पुनले बुटवलमा हुने प्रथम प्रदेश सम्मेलनको सम्पूर्ण   तयारी  पुरा  भएको  रातोपाटीलाई बताए । उनले र प्रदेश सम्मेलनमा पार्टीको काम कारबाहीका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको बारेमा व्यापक छलफल गरिने बताए ।


सम्मेलनमा ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरू, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी समेत गरी ७ सय ५० बढी सम्मेलनमा सहभागी हुनेछन् । प्रतिवेदन , सागठानीक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने छन् ती प्रतिवेदन माथि प्रतितिधीहरुको छलफल पछि पार्टी आगामी कार्य दिशा  तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले बताए । 

कमेन्ट गर्नुहोस्