लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुत्केरीको मृत्यु भएपछि बुटवल आम्दा अस्पतालमा कुटपिट

tillotmacitynews - 2023 Nov 29 08:42 PM
IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर,१३ गते । सुत्केरी मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरूले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन् । मंगलबार दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठुलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।


लुम्बिनी चिकित्सक सङ्घका सचिव डा सन्तोष पोखरेलले उपचार गर्ने चिकित्सकमाथि हातपात हुनु दुभाग्यपूर्ण भएको बताए । चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसँग आफूहरू उपचार रोकेर विरोध गर्ने बताए । कुटपिटबाट घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भैरहेको छ । इलाका प्रहरी कार्यालय बुटवलमा हातपात गर्ने ७ जनालाई  नियन्त्रण लिएको  जनाएको  छ।

कमेन्ट गर्नुहोस्