लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगेको आरोपमा युवती पक्राउ

tillotmacitynews - 2023 Nov 28 11:29 AM
IMG

तिलोत्तमा सिटी, १२  मंसिर २०८० । सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड बस्ने ३४ वर्षीय कमला मिश्र छिन् । मिश्रलाई काठमाडौँबाट पक्राउ गरिएको साइबर ब्युरोका एसपी नरेन्द्र चन्दले रातोपाटीलाई बताए । आफू अविवाहित युकेको नागरिक भएको बताएर मिश्रले उपहार पठाउने बहानामा विभिन्न शुल्कको नाममा ३ लाख ३० हजार ठगेको आरोप छ । उपहारको सामान नआएको तर, शुल्क मात्रै लिएपछि कमला सम्पर्कविहीन भएपछि पीडितले साइबर ब्युरोमा उजुर गरेका हुन् । 


आरोपीबिरुद्ध विद्युत्तीय माध्यमबाट ठगेको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी चन्दले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्