लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीमा शिखर सम्मेलनको तयारी तीव्ररुपमा

tillotmacitynews - 2023 Nov 22 02:01 PM
IMG

तिलोत्तमा सिटी, ६  मंसिर २०८०। लुम्बिनी प्रदेश सरकारले आगामी फागुन २७, २८ र २९ गते बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो शिखर सम्मेलन गर्न तयारी अघि बढाएको छ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष चासो दिएको सम्मेलनमा बालबालिकाको हित, दिगो विकास र शान्तिका लागि ‘लरेट्स एन्ड लिडर्स’ नाममा सम्मेलन आयोजना गर्न लागिएको हो । लुम्बिनी सरकारले आर्थिक वर्ष २०८०/०८१ वार्षिक नीति तथा कार्यक्रम र बजेटमै शिखर सम्मेलनलाई समेटेको छ । सम्मेलनका लागि लुम्बिनी विकास कोष, पर्यटन व्यवसायी र प्रदेश सरकारमातहतका विभिन्न कार्यालय र निकायसँग गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयको छलफल गरिसकेका छन् ।


शिखर सम्मेलनमा विभिन्न राष्ट्रका २० जना नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीसहित बालबालिका, शान्ति क्षेत्रका विज्ञ, सरकारी तथा गैरसरकारी अधिकारी र सरोकारवाला सहभागी हुने भएकाले प्रारम्भिक गृहकार्य अगाडि बढाइएको पाण्डेयले बताए ।

कमेन्ट गर्नुहोस्