लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

झण्डै २ किलो कोकिनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

tillotmacitynews - 2023 Nov 21 01:53 PM
IMG

तिलोत्तमा सिटी, ५ मंसिर २०८० । प्रहरीले झण्डै दुई किलो अवैध लागु औषध कोकिनसहित एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । १ किलो ९७३ ग्राम कोकिनसहित दोहाबाट आएकी भारतीय राहदानी बाहक ३२ वर्षकी किमरोसांगीलाई सोमबार राति पौने १२ बजे पक्राउ गरेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ । हिमालय एयरलाइन्सको उडानबाट काठमाडौं अवतरण गरेकी उनको लगेज खानतलासी गर्दा सुटकेसको माथिल्लो भागमा फल्स बटम बनाई प्लास्टिकको प्याकेटमा कोकिन लुकाएको भेटिएको थियो ।


उनलाई लागूऔषधसम्बन्धी मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए ।


कमेन्ट गर्नुहोस्