
तिलोत्तमा, मङ्सिर ४ गते २०८०। रुपन्देहीका सहकारी अभियान्ता माधव देवकोटा सडक दुर्घटना परी मृत्यु भएको छ । देवकोटालाई सोमबार दिउँसो तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिएको थियो ।बुटवलबाट भैरहवातर्फ जादै गरेका मोटरसाईकल देवकोटालाई पछाडी बाट ना ६ ख ८१६१ ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । लु ४९ प २२३० नम्वरको मोटरसाईकलमा जाँदै गरेका देवकोटा संगै अर्की एक महिलाको समेत घटनास्थलमा मृत्यु भएको हो ।
उनीसँगै मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–२ जानकी नगर बस्ने यादा क्षेत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक देवकोटा सहकारी सङ्घका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक थिए । विभिन्न सामाजिक तथा पेसागत सङ्घ संस्थामा आबद्ध देवकोटा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका सल्लाहकार समेत थिए ।देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए ।
मृतक दुवैको शव मणिग्राम स्थीत क्रिमसन अस्पतालबाटछि पाेष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ।विभिन्न सामाजिक तथा पेशागत संघ संस्थामा आवद्ध उनी तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार समेत हुन् भने यदा क्षेत्री नेपाली कांग्रेस रुपन्देहीकी महिला नेतृ तथा जानकीनगर स्थित दुर्गा मन्दिर समितिको अध्यक्ष समेत रहेकी थिइन्।
कमेन्ट गर्नुहोस्