लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नक्कली नोटसहित वीरगञ्जमा २ जना पक्राउ

tillotmacitynews - 2023 Nov 17 06:59 PM
IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर,१ गते । नक्कली नोटसहित पर्साको वीरगञ्जमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ३१ का ऋषिलाल पटेल र बाराको कलैया उपमहागरपालिका ३ का उमेश कुमार छन् । वीरगञ्जको सिटी मार्केटमा कपडा खरिद गरेर नक्कली नोटहरू दिएको सूचना पाएपछि खटिएको प्रहरी टोलीलेउनीहरुलाई पक्रेको जिल्ला प्रहरी कार्यालय पर्सका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । उनीहरुको साथबाट १ हजार दरका ३८ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई खोटा चलन सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको थापाले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्