लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

धरानमा विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्न समिति गठन

IMG

तिलोत्तमा सिटी, २३ कात्तिक २०८०। सुनसरीको धरान उपमहानरपालिकामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले एक समिति गठन गरेको छ । प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापाको संयोजकत्वमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेको समिति गठन गरिएको हो । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए । स्थानीय स्तरमा धरान उपमहानरपालिकाले सरकारलाई सो भेगमा विमानस्थल बनाउन दबाब दिइरहेको छ ।


धरान नजिकै अन्य विमानस्थलहरु रहेको अवस्थामा सो भेगमा किन विमानस्थल चाहियो भन्दै आम रुपमा भने विरोध भइरहेको छ । बुधबार मात्रै धरानमा विमान स्थल बनाउन पहल गरिदिन आग्रह गर्दै धरान उपमहानरका मेयर हर्क साम्पाङ राईले मन्त्री किरातीलाई पत्र लेखेका थिए ।

कमेन्ट गर्नुहोस्