लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रपतिद्वारा भूकम्प पीडितलाई एक महिनाको तलब

tillotmacitynews - 2023 Nov 08 03:55 PM
IMG

तिलोत्तमा सिटी, २२ कात्तिक २०८० । राष्ट्रपति रामचन्द्र पौडेलले  भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा आफ्नो एक महिनाको तलब बराबरको रकम दिनुहुने भएको छ । जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि सो कोषमा राष्ट्रपति पौडेलले सो  रकम प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले मङ्गलबार भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुमको निरीक्षण गर्नुका साथै अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्यबारे जानकारी लिनुभएको थियो । 


साथै, राष्ट्रपतिले भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड गाउँपालिकाका वीरबहादुर पुनलाई थप उपचारका लागि आफू चढ़ेको जहाज़मा सुर्खेतबाट सँगै काठमाडौँ ल्याउनुभएको थियो ।

कमेन्ट गर्नुहोस्