लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाल्पामा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु

tillotmacitynews - 2023 Nov 08 03:45 PM
IMG

तिलोत्तमा सिटी, २२ कात्तिक २०८० । पाल्पाको निस्दी गाउँपालिका–७ मोटेखर्कमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पा बस्ने १९ वर्षीया दिल कुमारी आले छिन् । भुटुकेबाट चुनढुंगा बोकेर नवलपुरको होङ्सी सिमेन्ट उद्योगतर्फ गइरहेको लु २ ख ५२९ नम्बरको टिप्पर सडकको भित्तामा ठोक्किएको थियो । टिप्परबाट हामफाल्ने क्रममा दिलकुमारीलाई टिपरको पांग्राले किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवम् डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।


दुर्घटनामा निस्दी गाउँपालिका–७ बस्ने २५ वर्षीया हिमाली आले, चालक मकवानपुरको मनहरी गाउँपालिका ९ बस्ने २६ वर्षीय अन्जन सुनार र सहचालक मकवानपुरको हेटौंडा–९ बस्ने २४ वर्षीय आशिष सुनार घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि नवलपुरतर्फ पठाइएको पाल्पा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्