लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पत्रकार स्वस्तिक बने मिडिया एक्सन फर रोड सेफ्टीको संयोजक

IMG

तिलोत्तमा १९ कार्तिक २०८०। दुर्घटना न्युनीकरणको विषयमा कलम चलाउने पत्रकारहरुको साझा संस्था मिडिया एक्सन फर रोड सेफटीको विशेष बैठकले पत्रकार स्वस्तिक श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ ।


सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेको प्रमुख आतिथ्यतामा बसेको भेलाबाट संस्थाका सचिव डिबि सुस्लिङ तथा सदस्यहरु दिनेश श्रेष्ठ, प्रकाश आचार्य, ललित पाण्डे, कृष्ण खनाल, माधव पौडेल, तेजेन्द्र केसी, कपिल ज्ञवाली, विष्णु घिमिरे, हरिलाल बश्याल, रमेश पराजुली, अस्मिना पाण्डे, साबी अर्याल सर्वसम्मत भएका छन् । यसैगरी संस्थाको सल्लाहकारमा पत्रकार शरण कर्माचार्य, भगवती पाण्डे, विश्वास ढकाललाई मनोनीत गरिएको छ ।नवनिर्वाचित संयोजक श्रेष्ठले सडक सुरक्षा र सचेतनाको विषयमा सरोकारवाला संस्थाहरुसंग सहकार्य गरी लुम्बिनी प्रदेशमा नै दुर्घटना रोक्ने अभियान चलाउने बताए ।

कमेन्ट गर्नुहोस्