लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भूकम्प पीडितलाई सुदूरपश्चिम सरकारको एक करोड रुपैयाँ सहयोग

IMG

तिलोत्तमा कार्तिक १८ गते २०८०। सुदूरपश्चिम सरकारले कर्णाली प्रदेशका भूकम्प पीडितलाई एक करोड आर्थिक सहयोग गरेको छ । शनिवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भूकम्प पीडितका लागि कर्णाली प्रदेश सरकारलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।


सुदूरपश्चिम सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहायता पुग्ने गरी एक करोड रुपैयाँ र स्वास्थ्य सामग्री सहित २० जना स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिनुभयो।कर्णाली प्रदेशको जाजरकोट जिल्लाको बगरकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११ बजेर ४७ मिनेटमा आएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा भएको मानवीय र भौतिक क्षति प्रति सुदूरपश्चिम प्रदेश सरकारले दुःख प्रकट गरेको छ ।


भूकम्पले घर भत्काएका ठाउँ बाहेक अन्य ठाउँमा विद्युत् सेवा नियमित

नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्पले घर भत्काएको ठाउँ बाहेक अन्य ठाउँमा विद्युत् सेवा नियमित गरेको छ । भूकम्पका कारण पोल तथा लाइनहरुमा क्षतिपुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरुको मर्मतसम्भार गरी बिहान १० बजेपछि विद्युत् नियमित बनाएको हो ।प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले शुरुमा अस्पतालहरुको विद्युत् नियमित बनाइएको बताउनुभयो । यादवले घरहरु भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गर्नुभयो । उहाँले धेरै घर भत्किएको क्षेत्रमा मात्र लाइन काटिएको र अन्य ठाउँमा विद्युत् नियमित रुपमा आपूर्ति भइरहेको बताउनुभयो । 


कमेन्ट गर्नुहोस्