लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

छोरी जन्माएपछि बिरामी नवलपरासीकी पत्रकार सीता शर्माको निधन

IMG

तिलोत्तमा ८ कार्तिक २०८०। छोरीलाई जन्म दिएको १० दिन पछि  नवलपरासीकी पत्रकार सीता शर्माको निधन भएको छ । नवलपरासीकी पत्रकार सीता शर्माको ३२ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीकी सदस्यसमेत रहेकी शर्माले १० दिनअघि काठमाण्डौं मेडिकल कलेज(केएमसी)मा छोरीलाई जन्म दिनुभएको थियो  । ‘प्रेसर लो ’ सँगै अक्सिजन कम भएपछि उहांलाई अस्पतालमै राखेर उपचार गरिएको थियो ।


अवस्था सामान्य भएपछि शर्मालाई काठमाण्डौंबाट रामग्राम नगरपालिका–१ परासीस्थित घरमा ल्याइएको थियो । मंगलबार दिउँसो स्वास प्रस्वाससँगै मुटु दुख्न थालेपछि  परासीस्थित जिल्ला अस्पतालबाट थप उपचारका लागि बुटवल मुटु अस्पताल पु¥याइएकी शर्मालाई अस्पतालले मृत्यु भइसकेको जानकारी दिएको परिवारजनले जानकारी दिएको छ ।उहां  क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) नवलपरासीकी संस्थापक अध्यक्षसमेत हुन् । उहांले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिनुभएकोे होे । छोरीको अवस्था भने स्वस्थ रहेको परिवारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्