लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महिलाको आत्मनिर्भरता र स्वरोजगारका लागि सहकारीको भूमिका आवश्यक : उपप्रमुख गुरुङ

IMG

साना किसान सहकारी देवदहको २४औं बार्षिक साधारण सम्पन्न   

तिलोत्तमा, कार्तिक १ गते २०८०। महिलाको हक अधिकारसंगै आत्मनिर्भरता तथा स्वरोजगारका लागि सहकारीहरूले काम गर्नुपर्ने देवदह नगरपालिका रुपन्देहीका उपप्रमुख बिद्या लक्ष्मी गुरुङले बताउनुभएको छ। नगर भित्रका ४२ सहकारी मध्ये महिलाद्वारा संचालन तथा व्यवस्थापन गरिएको सहकारीले उत्कृस्ट काम गर्दै आएकोमा खुसी व्यक्त गर्दै गुरुङले अबको मिसन सहकारीद्वारा महिलाको आत्मनिर्भरता र रोजगारीमा जोड दिनुपर्ने औल्याउनुभएको हो। हरेक घरमा चुलो चौकोमा मात्र सिमित नरही महिला आत्मनिर्भर भए मात्रै महिला प्रतिको दृष्टिकोण, हिँसा अबहेलना हट्दै जाने उहाको भनाई छ। नगरपालिका समेत सहकारीसंग हातेमालो गर्दै महिलाको आत्मनिर्भरता र स्वरोजगारका लागि योजना बनाई अगाडी बढेको उहाँको भनाई छ। 


साना किसान कृषि सहकारी संस्था देवदहको २४औं बार्षिक साधारण सभाका आवसरमा प्रमुख आतिथिको मन्तव्यका क्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यालाक्ष्मी गुरुङले  सो कुरा बताउनुभएको हो । बुधबार सहकारी संस्थाले आफ्नो साधारण सभाको मूल समारोह देवदहको पाठक फुडल्याण्डमा सम्पन्न गरेको हो ।सो अवसरमा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालाक्ष्मी गुरुङले सहकारी संस्थाहरुले आफना शेयर सदस्यहरुलाई व्यवसायीक बनाई आत्मनिर्भर बनाउनु पर्ने बताउनुभएको छ। उपप्रमुख गुरुङले सहकारी संस्थाहरुले आफना शेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्नुपर्ने बताउदै शेयर सदस्यहरुमा वित्तिय ज्ञान नहुदासम्म संस्थाको विकास हुन नसक्नेमा जोड दिनुभएको छ। । उहाले सहकारीहरुले शेयर सदस्यहरुलाई सीपमुलक तालिम प्रदान गरी उत्पादनमा जोड्न सकेमात्र रोजगार सृजना गर्न सकिने बताउनुभएको छ।


सहकारी संस्थाका अध्यक्ष टिका न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नेपाल कृषि सहकारी संघ केन्द्रिय संचालक रामप्रसाद रेग्मी, देवदह नगरपालिका कार्यपालिका सदस्य एवं पुर्वअध्यक्ष रुपाकुमारी ढुंगाना, देवदह आदर्श बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख जयकिशन अधिकारी, शेयर सदस्यहरु गीरप्रसाद पोण्डे, शोभाकुमारी थापा लगायतले आ–आफना भनाई राखेका थिए।कार्यक्रममा संस्थाका अध्यक्ष न्यौपानेले बार्षिक प्रतिवेदन, लेखा संयोजक कल्पना सुवेदीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट उद्यमी, उत्कृष्ट कृषक, उत्कृस्ट बचतकर्ता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।संस्थाका उपाध्यक्ष खेमनारायण ढकालको स्वागत र व्यवस्थापक सरला सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्