लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देवघाटमा संचालित धर्मदर्शन आश्रम तथा चतुर्मास वाल्मिकीय रामायणमा भक्तजनलहर

IMG

तिलोत्तमा, असोज ३० गते २०८०। नेपालको प्रख्यात धार्मिक क्षेत्र देवघाटमा धर्म दर्शन भवनको स्तरवृद्धि तथा विश्व शान्तिका लागि  धर्म दर्शन आश्रम तथा चतुर्मास बल्मीकीय रामायण महायज्ञमा भक्तहरुको उल्लेख्य उपस्थिति रहेको छ। धर्म दर्शन आश्रमको आयोजनामा गत आषाढ १४ गते हरिशयनी एकादशीदेखि मङ्सिर ११ गते कार्तिक शुल्क पुर्णिमासम्म देवघाटमा महायज्ञ निरन्तर चलिरहेको हो । ‘ धर्म दर्शन आश्रम तथा चतुर्मास श्रीमदभागवत बल्मीकीय रामायण महायज्ञ– २०८०’ नाम दिइएको सो महायज्ञ मानव मात्रमा प्रेम,सद्भाव, नैतिकता, आदर्श, आध्यात्मिक कल्याण, भक्ति, ज्ञान, बैराग्यका लागि परम श्रद्धेय अन्तराष्ट्रिय कथाव्यास १८ पुराण प्रवक्ता पण्डित कुवेर सुबेदीवाट कथा प्रबचन भैरहेको छ। 


आश्रमले सो बाल्मिकिया रामायण कथा बिहान दिउसो र साँझ आरति गर्दै आएको पण्डित कुवेर सुबेदी बताउनुहुन्छ। शुरुका दिनमा दैनिक ३ पटक कथा प्रवचन गरेको भएपनी पछिल्लो दिनमा बिहान र साँझ मात्रै कथा श्रवण गराइएको उहाँले बताउनुभयो। भौतिक संरचना स्तरोन्नती तथा धर्म दर्शन आश्रममा आसिन जो कोहीको सेवा सद्भाका लागी  सामाजिक तथा आर्थिक सहयोग जोहो गर्ने उद्देश्यले सो महायज्ञ आयोजना गरिएको उहाँको भनाई छ। 


देश तथा विदेशबाट समेत धर्मानुरागी महानुभावहरुबाट तँ मन र धनले सहयोग आइरहेको छ , महायज्ञमार्फत जनजनमा धार्मिक चेतनासंगै सामाजिक बिकास होस् भन्ने उदेश्यले यही आश्रमको समग्र बिकासका लागि महायज्ञ संचालन गरेका हौ- पण्डित सुबेदीले बताउनुभयो। सो अवसरमा पितृ उद्धारका लागि दैनिक रुपमा रामायण संगीतमय कथा प्रवचन, पुराण वाल्मिकिय पाठपारायण लगायतका धार्मिक अनुष्ठान भैरहेको छ।


सो अवसरमा धर्म दर्शन आश्रममा बिहान ६ बजेदेखि ९ बजेसम्म सुमधुर संगीतमय कथा प्रवचन, बिहान ९:३० बजदेखि भण्डारा भैरहेको पण्डित सुवेदीले जानकारी दिनुभयो।चार महिनासम्म चल्ने सो महायज्ञमा नेपालका जुनसुकै स्थानबाट पनि धर्मानुरागी महानुभावहरु आउनुभएको छ, घरमै युट्युब, फेसबुक, तथा सामाजिक संजाल बाट हेर्ने तथा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै सम्भव भएसम्म सबैलाई एकपटक आश्रमको यस चतुर्मास महायज्ञमा उपस्थित हुन समेत पण्डित सुबेदीले आग्रह गर्नुभयो।

कमेन्ट गर्नुहोस्