लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संघीय निजामती विधेयकको विरोधमा तिलोत्तमाका स्थानिय तहका निजामती कर्मचारी आन्दोलित

IMG

तिलोत्तमा सिटी,असोज १७ गते । संघीय निजामती विधेयकको विरोधमा देशभरका स्थानीय सेवाका कर्मचारीहरू आन्दोलित छन्।  सोहि क्रममा तिलोत्तमा नगरपालिकामा कार्यरत  स्थानिय तहका निजामती कर्मचारीहरु पनि आन्दोलित भएका छन्। देशभरका ७५३ स्थानीय तहका कर्मचारी काठमाडौंमा गएर सडक संघर्षमा उत्रेको समेत तिलोत्तमा नगरपालिका नक्सा शाखामा कार्यरत  इन्जिनियर अस्मित गौतमले बताए।  


संघीय निजामती विधेयकमा स्थानीय सेवामा काम गर्नेलाई कर्मचारी नै स्वीकार नगरिएकाले आन्दोलन गर्नुपरेको स्थानिय तह कर्मचारी तिलोत्तमा परिवारले जनाएको छ। उनीहरूले स्थानीय तहमा स्थानीय सेवाकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्नेमा संघको कर्मचारी पठाउने प्रस्ताव विधेयकमा गरिएकाले आन्दोलन गर्न बाध्य भएको उनले बताएका छन् ।


साथै, स्थानीय सेवामा कार्यरत कर्मचारीलाई समेटेर एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय सेवाका कर्मचारीको सेवाको सुरक्षा हुनुपर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने, करारका कर्मचारीलाई व्यवस्थापन गर्नुपर्ने, तीनै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समेट्नुपर्ने लगायतका ११ वटा बुंदामा सहितका माग रहेका छन् । यस्तै कर्मचारी कल्याण कोषको व्यवस्था स्थानीय सेवाका कर्मचारीलाई हुनुपर्ने, स्थानीय कर्मचारीलाई ट्रेड युनियन अधिकार दिनुपर्ने, अन्तरप्रदेश सरुवा लागू गर्नुपर्ने माग उनीहरूले गरेका छन् । 


कर्मचारी समायोजन ऐन अनुसार संघबाट समायोजन भएका, साविक जिल्ला विकास समिति, गाउँ विकास समितिबाट स्थानीय सेवामा समायोजन भएका कर्मचारी, लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगले नियुक्त गरेर स्थानीय तहमा खटाएको करिब ३५ हजार कर्मचारी स्थानीय सेवामा कार्यरत रहेको देशभरका ७५३ स्थानीय तहका कर्मचारी काठमाडौं आइरहेको स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिका महासचिव विजय देवकोटाले बताए । सो कर्मचारी अन्दोलनका बारेमा सरकारले वार्तामा नबोलाए आन्दोलन झन् सशक्त हुने समेत उनले बताए ।अहिले एक स्थानिय तह बाट कम्तिमा ३ जना आउने गरि आन्दोलन शुरु भएको उनको भनाई छ। सो कार्यले स्थानिय तहमा कामकाजमा अफ्ठ्यारो परेको छ। 


कमेन्ट गर्नुहोस्