लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिक्किममा बाढीमा बगेर २३ सैनिक बेपत्ता

tillotmacitynews - 2023 Oct 04 04:00 PM
IMG

तिलोत्तमा सिटी, २०८० असोज १७ गते । भारतको सिक्किममा टिष्टा नदीको बाढीले बगाउँदा २३ जना सैनिक बेपत्ता भएका छन् । बेपत्ता सैनिकहरुको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् । सेनाले जारी गरेको विज्ञप्तिअनुसार सिक्किममा भएको भारी वर्षाका कारण र चुङथाङ बाँधबाट पानी छाडिएका कारण तटीय क्षेत्रमा १५–२० फिटसम्म सतह बढेको थियो । बारदाङमा रहेका सैनिकहरु बाढीबाट प्रभावित भएको र राति करिब साढे १ बजेतिर २३ जना सैनिकहरु बगेर बेपत्ता भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्