
तिलोत्तमा सिटी,असोज १६ गते । मङ्गलबार दिउँसो गएको भूकम्पबाट बच्न विद्यालयको दुई तलाबाट हामफालेका एक विद्यार्थी घाइते भएका छन् । बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित विन्देवासिनी माविमा कक्षा १० मा अध्ययनरत सन्तोष साउँद घाइते हुनुभएको हो । कक्षा चलिरहेको बेलामा भूकम्पको धक्का महसुस भएपछि आत्तिएर विद्यालयको विज्ञान भवनको दुई तलाबाट हामफाल्ने क्रममा साउँद घाइते भएको विद्यालयका प्रधानाध्यापक निर्प रावतले जानकारी दिनुभयो ।‘‘आत्तिएर दुई तलाबाट हामफाल्ने क्रममा लट्पटिएर घाइते भएको छ, हामीले अस्पताल लैजाने क्रममा छौं ।,’’ प्रधानाध्यापक रावतले भन्नुभयो ।
सन्तोषको बाहिरी देखिने गरेर टाउको, अनुहारमा चोट लागेको बताइएको छ । केही समय श्वास समेत रोकिएर अहिले श्वास आएको प्रधानाध्पक रावतले जानकारी दिनुभयो ।भूकम्पको ठूलो धक्का महसुुस गरेपपछि विद्यालय, कार्यालय र घरमा रहेका विद्यार्थी, कर्मचारी र सर्वसाधारण खुला ठाउँमा पुगेका छन् । आजै अछाममा दुई पटक भूकम्पको धक्का स्थानीयले महसुस गरेका छन् ।
बझाङको तल्कोट केन्द्र बिन्दु बनाएर दिउँसो ३ बजेर ५ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ । पुनः भूकम्प आएर क्षती हुनसक्ने भन्दै स्थानीय त्रसित भएका छन् ।
कमेन्ट गर्नुहोस्