
तिलोत्तमा सिटी, २०८० असोज १३ गते ।यस क्षेत्रकै प्रतिष्ठित झरना स्पोर्ट्स क्लब कुञ्जलापुरको आयोजनामा हुने झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको ३५औं संस्करण आगामी असोज १३ गते अर्थात आजदेखि शुरु हुने भएको छ । आज दिउसो ३ बजे देखि शुरु हुने प्रतियोगिताको तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। आज हुने उद्घाटन खेलमा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल र समपुर्ण युवा क्लब सुपौली बीच खेल हुने आयोजकले जनाएको छ। क्लबले बार्षिक रुपमा गर्ने सो प्रतियोगीताको भरपुर मनोरंजन लिनुहुन सम्पुर्ण दर्शकहरुमा आग्रह गरेको छ। प्रतियोगिता सदा जस्तै यसपटक पनि तिलोत्तमा–६ , कुञ्जलापुर स्थित श्री उमा आधारभूत बिद्यालयको खेलमैदानमा हुने झरना स्पोर्ट्स क्लबका सचिव सिजन थापाले जानकारी दिएका छन् । प्रतियोगिता लागि आवश्यक सम्पूर्ण तयारीपुरा भएको र यसपालिको प्रतियोगितालाई थप सभ्य र भब्य बनाउने गरि क्लबका पदाधिकारीहरु जुटिरहेको क्लबका अध्यक्ष गङ्गा प्रसाद रानाले बताएका छन् ।
स्थानिय तथा राष्ट्रिय स्तरका खेलाडीको सहभागिता रहने खेलमा ३ वटा अस्थायी प्याराफिट निर्माण गरि रुपन्देहीसहित ४ जिल्लाका १६ टिम तथा क्लबहरुको समेत सहभागिता गराइएको छ।तिलोत्तमा-६ निवासी स्व : रुकमाया दर्लामीको स्मृतिमा उहाको छोरा यम बहादुर दर्लामी,रोमन सिंह दर्लामीको परिवारले प्रतियोगितामा मुख्य प्रायोजन गरेका छन्। उनले आफ्ना स्वर्गिय माता रुकमाया दर्लामीको स्मृतिमा पुरस्कार प्रायोजन गरेका हुन् । प्रथम पुरस्कार वापत बिजेता टोलीले ३ लाख १५ हजार नगद सहित मेडल ट्रफी प्राप्त गर्नेछन । उपविजेताले दोस्रो पुरस्कार बापत १ लाख ७५ हजार नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही २५/२५ हजार पाउने छन्। यसैगरी व्यक्तिगत विधातर्फ हाइ स्करर, बेस्ट गोलकिपर, बेस्ट खेलाडी, पनि नगद सहित उचित पुरस्कारको व्यवस्था गरिएको क्लबका खेल संयोजक मनु श्रीसले जानकारी दिएका छन ।
कमेन्ट गर्नुहोस्