
तिलोत्तमा, २०८० असोज ४ गते। सरकारले शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेको छ । शिक्षकहरुको मागको विषयमा बिहीबार साँझदेखि गृह मन्त्रालयमा वार्ता चलिरहेको हो ।वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायत छन् ।
त्यस्तै शिक्षकहरुको तर्फबाट शिक्षक महासंघका पदाधिकारीहरु छन् ।विद्यालय शिक्षा विधेयकको विरोधमा बुधबारदेखि देशभरका शिक्षक काठमाडौँमा आएर आन्दोलनरत छन् । गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले सहमतिको प्रयासस्वरुप वार्ता चलिरहेको बताइएको छ।
कमेन्ट गर्नुहोस्