तिलोत्तमा, असोज ३ गते २०८०।आज संविधान दिवसको अवसरमा रुपन्देहीको नमस्ते नेपाल बाल क्लबले तिलोत्तमा नगरपालिका ५ स्थित मणिग्राम चोकमा दीप प्रज्वल गरी ८ औँ संविधान दिवस दिवस मनाएको छ। ब्यानर रहित सो कार्यक्रममा संविधान दिवस २०७९ को अवसरमा दीप प्रज्वलन ।नमस्ते नेपालको भातृ संस्थाको रुपमा स्थापना गरिएको सो बाल क्लबका अध्यक्ष सचेत बस्नेतले संविधान देशको मूल कानुन भएकोले संविधानको रक्षाका निम्ति सबै बाल बालिका युवा र बुद्धिजीवी सबै मिलेर अगाडी बढ्नु पर्ने बताएका थिए।
सो दीप प्रज्जवलन कार्यक्रममा बोल्दै अतिथि नेपाल पत्रकार महासंघ रुपन्देहीकी सदस्य पत्रकार कमला पाण्डेयले सबै नागरिक को अधिकार सुनिश्चित गर्ने संविधानको रक्षा गर्दै समाज र देश परिबर्तनको लागि एकताबद्ध हुनुपर्नेमा जोड दिएकी थिईन। पत्रकार पाण्डेले संविधानका अक्षरमा सबै नेपालीले स्पन्दनको आत्मानुभूति गर्न सक्नु पर्ने बताईन। देश चलाउने मुल कानुन धेरै पटक बने होलान तर जनता द्वारा निर्वाचित जनप्रतिनिधि हरुको सभाले निर्माण गरि जारी भएको नेपालको संविधान-२०७२ पहिलो मुलकानुन हो ।
९०% भन्दा बढी संबिधान सभाका सदस्यले हस्ताक्षर गरेर जारी भएको संबिधान-२०७२ सहमतिको साझा दस्ताबेज पनि हो । त्यसैले संबिधानको पुर्ण कार्यनयन र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था लाई संस्थागत गर्ने दाईत्व लाई बिधमान सबै राजनैतिक दलले आत्मसात गर्न र त्यही बाटोमा हिड्न आजको दिनले सबैलाइ प्रेणा प्रदान गरोस भन्दै शुभकामना व्यक्त गरिन । सो कार्यक्रममा नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेलले कानून र संविधानको कार्यन्वयन र रक्षाका लागि दिवस मनाइएको बताएका छन्। मणिग्राम चोकमा भएको दीप प्रज्वलन कार्यक्रममा नमस्ते नेपालका अध्यक्ष मनिष भुसाल क्लबका अन्य पदाधिकारी, सदस्य बालक्लबका सदस्यहरु तथा सथानीय समाजसेवी बुद्धिजीवी एबम आम नागरिकहरुको उपस्थितिमा संविधान दिवस मनाइएको थियो।
संविधान दिवसकै अवसरमा तिलोत्तमा नगरपालिका परिसरमा पनि दीप प्रज्ज्वलन गरिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल लगायत कर्मचारीहरुको उपस्थितिमा दीप प्रज्ज्वलन गरि संविधान दिवस मनाइएको छ। सो अवसरमा बोल्दै प्रमुख प्रसासकिय अधिकृत अर्यालले संविधान कार्यान्वयन गरी यसका त्रुटीहरुलाई संशोधन गर्दै देशलाई संवृद्धि तिर लैजानुपर्ने बताएका थिए । ०७२ असोज ३ गते संविधान जारी भएको सम्झनामा आज देशब्यापी रुपमा दिवस मनाइएको छ । नगरपालिका भित्रका विभिन्न चोक चोक र सार्बजनिक स्थानमा पनि दिवसको अवसर पारी सरसफाई, अन्तरक्रिया र दीप प्रज्वलन गरिएको छ।
कमेन्ट गर्नुहोस्