लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ट्रक समितिले दियो १९ विद्यार्थीलाई छात्रवृत्ति

IMG

तिलोत्तमा,भदौ ३१, २०८० आइतबार। पश्चिमाञ्चल यातायात व्यवसायी (ट्रक) समिति बुटवलले सामुदायिक विद्यालयमा अध्ययनरत १९ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।रुपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची, नवलपुर र स्याङ्जाका सरकारी विद्यालयमा अध्ययनरत ट्रक चालकका छोराछोरी र विद्यालयको सिफारिसका आधारमा अन्य गरी १९ जनालाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति रकम प्रदान गरिएको हो ।


समितिका पूर्वअध्यक्ष अर्जुन रानाभाट, कोषाध्यक्ष लालबहादुर श्रेष्ठ र पूर्वअध्यक्ष गणेश पन्थले समितिबाट आफूले पाउने पारिश्रमिकको रकमबाट स्थापना गरेको कल्याणकारी कोषबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको कार्यक्रम संयोजक प्रतापबहादुर कार्कीले बताए ।छात्रवृत्ति वितरण गर्दै नेपाल यातायात व्यवसायी महासंघका पूर्वअध्यक्ष अर्जुन रानाभाटले गरीब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा प्रोत्साहनका लागि अक्षयकोष स्थापना गरेर छात्रवृत्ति वितरण सुरु गरिएको बताए ।समितिका अध्यक्ष यमप्रसाद पाण्डेले अक्षयकोषलाई वृद्धि गरेर थप विद्यार्थीलाई छात्रवृत्ति दिइने बताए । सो अवसरमा दुर्घटनामा परी मृत्यु भएका चालकको परिवारलाई समितिले ३ लाख रुपैयां बीमा रकम प्रदान गरेको छ ।

कमेन्ट गर्नुहोस्