लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तत्काल उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन

tillotmacitynews - 2023 Sep 11 04:56 PM
IMG

तिलोत्तमा सिटी, २०८० भाद्र २५  गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँगको कुराकानीपछि प्रधानमन्त्री प्रचण्डले डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधानका लागि भइरहेको अध्ययन नसकिँदासम्म उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न प्राधिकरणलाई निर्देशन दिएका हुन्।


महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वको टोलीसँगको कुराकानीपछि प्रधानमन्त्री प्रचण्डले प्राधिकरणका प्रबन्ध–निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी तत्काल उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न निर्देशन दिएका हुन् ।


प्राधिकरणले गत १७ भदौमा सूचना जारी गरेर डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महसुल १५ दिनभित्र चुक्ता गर्न र बक्यौता चुक्ता नभए लाइन काटिने उद्योगहरूलाई जानकारी गराएको थियो । यसपछि महासंघको टोली सोमबार प्रधानमन्त्री प्रचण्डलाई गुहार्न बालुवाटार पुगेको हो ।

कमेन्ट गर्नुहोस्