लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा उपभोक्ता हित संरक्षण मञ्चको अध्यक्षमा भण्डारी

IMG

तिलोत्तमा, २०८० भाद्र २४ गते।रूपन्देहीको तिलोत्तमा नगरपालिकामा उपभोक्ता हित संरक्षण मञ्च, नेपालको अध्यक्षमा सेवा निवृत कृषि उपसचिव तुल्सीराम भण्डारी निर्वाचित भएका छन् । अन्य सदस्यहरुमा मीनाकुमारी चिदी, गिरीप्रसाद गैरे, लेखनाथ घिमिरे, तेजनारायण गैरे, मन्जु पन्थी, सुकबहादुर नेपाली, शोभाखर भण्डारी र विष्णु गौतम रहेका छन् ।त्यसै गरी सल्लाहकारहरुमा कृषि विशेषज्ञ डिलाराम भण्डारी, प्राध्यापक लिलबहादुर केसी , इञ्जिनियर कृष्ण भण्डारी, डा. गोकर्ण पन्थी, प्राध्यापक माया घिमिरे र नुतन गौतम रहेका छन् ।कार्यक्रममा प्रमुख अतिथि कल्याणप्रसाद पौडेलले उपभोक्ता हित र संरक्षणको लागि राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि र समाजसेवी मिलेर निष्काम भावका साथ काममा लाग्नुपर्ने बताए । 


सबै पक्ष मिलेर कानुनको कार्यान्वयनमा लागेमा मुलुकमा उपभोक्ता शोषणबाट मुक्ति पाउन सक्ने बताउँदै उनले सबै मिलेर कानून कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले कानून कार्यान्वयनमा पछि परेको, बजारमा सघन अनुगमन गर्न घच्घच्याउने र सघाउने संस्था गठन हुन लागेकोमा खुसी लागेको बताए । उनले भने, ‘यो कार्यक्रम वडा तहसम्म जानु पर्छ । उपभोक्ताको स्वास्थ्यको लागि खेलवाड नगरौं । तपाई हामीहरु स्थानीय सरकार प्रमुखहरुसँग मिलेर काम गरौं । ’उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले मञ्चले स्थानीय सरकारसँग मिलेर काम गर्ने बताउँदै स्थानीय सरकारले कानून बनाउने, स्वास्थ्य सम्बन्धी खासगरी कुपोषणको विषयमा ध्यान दिनु जरुरी रहेको जनाए  । मानव स्वास्थ्यको लागि हानी हुने कुरामा ध्यान दिनुपर्ने, अनलाइन सेवामा विकृति आएर उपभोक्ताहरु ठगिएका छन्, अब ठगिन दिनुहुँदैन । अब स्वच्छ र प्रतिष्पर्धी बजारको अभ्यासतिर लागौं । तिलोत्तमामा धेरै विषय विज्ञहरु हुनुहुन्छ । यहाँहरुको ऊर्जा मानव स्वास्थ्य सुधार र उपभोक्ता अधिकारको लागि खर्च होस् भन्ने कामना गर्छु, ’उनले भने । उनले भने, ‘विशेषतः मासु, फलफूल, दूध सागपातजस्ता छिटो सड्ने वस्तुमा ध्यान दिनुपर्छ । हामीले उपभोक्ता हितको लागि विद्यार्थीमा केन्द्रित गरेर एउटा पाठ्यपुस्तक तयार गरेका छौं । नगठित तिलोत्तमा उपभोक्ता मञ्चले पनि पाठ्यपुस्तक तयार गर्न सक्छ । हामी सबै उपभोक्ता हौं । वस्तु र सेवामा मूल्य चुकाएका छौं । यसमा हामी सजग हुनुपर्छ । 


कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य ऋषि आजादले उपभोक्ता शोषणविरुद्धको मौलिक हकको पक्षमा जाग्रित हुनुपर्ने बताउँदै उपभोक्ता हित संरक्षण मञ्च नेपाल निकै सशक्त र प्रभावकारी संस्था भएको बताए । ‘यो तीनै तहमा मुलुकभर फैलिएको छ । यो उपभोक्ताहरु, नेपाल सरकार र अन्तर्राष्ट्रिय तहमा चिनिएको संस्था हो । यो संस्थामा रहेर जनताको सेवा गर्न पाउँदा गौरवको महसुस भएको छ, ’उनले भने ।कार्यक्रममा लोकराज भुसालले संस्थाको वैधानिकता, उपलब्धि र यसको गतिविधिमा प्रकाश पारे भने प्राध्यापक लिलबहादुर केसीले बजारमा भएको उपभोक्ता शोषणको विषयमा जानकारी दिए ।कार्यक्रममा बोमलाल भण्डारी, गोपालप्रसाद पाण्डेय, वेदप्रसाद भण्डारी, मीनप्रसाद पन्थी, पार्वता पन्थी, लेखनाथ घिमिरे, गिरी प्रसाद गैरे, प्रेमचन्द्र अर्याल, खगनाथ भण्डारी, टेकराज भण्डारी, हेमराज पन्थ, घनश्याम गौतम, श्याम पोखरेल, भानुभक्त पाण्डेलगायतले सुझाव राखेका थिए । डिलाराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम तुल्सी भण्डारीले सहजीकरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्