लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशमा अपराधिक गतिविधि बढ्दै, ३ वर्षमा १९ हजार बढी मुद्धा दर्ता

IMG

तिलोत्तमा सिटी , २०८० भाद्र २४ गते । लुम्बिनी प्रदेशमा अपराधिक गतिविधि प्रत्येक वर्ष बढ्दै गएको पाइएको छ । प्रदेशका १२ जिल्लामा गरी ३ वर्षको अवधीमा १९ हजार १९४ मुद्धा दर्ता भएका छन् ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ज्यानसम्बन्धी, आत्महत्यासम्बन्धी, संगठित अपराध, सार्वजनिक अपराध, सार्वजनिक अपराध, महिला तथा बालबालिका सम्बन्धी र सवारी लगायत गरी ५ हजार ८३५ मुद्धा दर्ता भएका छन् ।यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ६ हजार ३६२ र २०७९/८० मा ६ हजार ९९७ मुद्धा दर्ता भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले प्रत्येक वर्ष अपराधसँग सम्बन्धी मुद्धाको संख्या बढ्दै जानुमा सहरीकरण र प्रहरीको सक्रियताको कारणले भएको बताउँछन् ।


‘अपराधसँग सम्बन्धीत मुद्धाहरु प्रत्येक वर्ष बढ्दै जानुको मुख्य २ कारणहरु रहेका छन् । पहिलो कारण भनेको त जति सहरिकरण हो । अर्को कारण भनेको प्रहरीको सक्रियाका कारणले पनि मुद्धाको संख्या बढ्छ ।’ –उनले भने ।अपराधहरु घटाउनका लागि प्रहरीले सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रमहरु पनि रहेको प्रहरी वरिष्ठ उपरिक्षक मगरले बताए । ‘अपराध कम गर्नका लागि प्रहरीले सबै जिल्लामा विभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको छ । यो मात्रै प्रर्याप्त होइन । प्रत्येक मानिसमा अपराधन गर्नु हुँदैन भन्ने मानसिकताको विकास गराउन सकेमा अपराधका घटनाहरु धेरै घट्छन् ।’–उनले भने ।


कुन जिल्लामा कति ?

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य सबै भन्दा धेरै मुद्धा रुपन्देहीमा र सबै भन्दा कम रुकुममा दर्ता भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो ३ वर्षमा रुपन्देहीमा मात्रै ३ हजार ८४६ मुद्र्धा दर्ता भएका छन् भने रुकुम पूर्वमा यही अवधिमा १९४ मुद्धा दर्ता भएका छन् ।


यस्तै नवलपरासी पश्च्मिमा १ हजार २७९, कपिलबस्तुमा २ हजार १८३, गुल्मीमा ७१७, अर्घाखाँचीमा ५०२ र पाल्पामा ७९३ मुद्र्धा दर्ता भएका छन् । दाङमा ३ हजार ४७१, प्युठानमा ६३३, रोल्पामा ५६७, बाँकेमा ३ हजार ४४९ र बर्दियामा १ हजार ५६० मुद्धा दर्ता भएका छन् ।

कमेन्ट गर्नुहोस्