लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही प्रहरीद्वारा अवैध सामानसहित पीकअप नियन्त्रणमा

IMG

तिलोत्तमा, भाद्र २२ गते २०८०। रुपन्देही प्रहरीले अवैध सामान बरामद गरेको छ । प्रहरीले दुई स्थानबाट करिब रु. ४ लाख ३० हजार मूल्य बराबरको सामान बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले मंगलबार रोहिणी गाउँपालिका–५ स्थित बुचिबाट अन्दाजी मूल्य रु. ८२ हजार ५ सय बरारबको ५५ बोरा चामल बरामद गरेको हो । भारतबाट अवैध रुपमा नेपालतर्फ भन्सार छली चोरी ल्याइ सडक छेउमा थुपारी राखेको बेवारिस अवस्थामा फेला पारिएको चामल स्थानीयको रोहबरमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव के.सी.ले बताए । बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको प्रहरी निरीक्षक के.सी.ले जानकारी दिए ।


त्यस्तै प्रहरीले बिहीबार ओमसतिया गाउँपालिका–५ स्थित पट्खौलीबाट अन्दाजी मूल्य रु. ३ लाख ४७ हजार ५ सय बराबरको चिनी (पीकअप गाडीसहित) बरामद गरेको छ ।नवलपरासीको सुनवल नगरपालिका–१ का ४५ वर्षिय राम प्रसाद ढकालले चलाएको लु १ च ७२९० नम्बरको पीकअप गाडीमा अवैध रुपमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी गरी ल्याउँदै गरेको चिनी र गाडी स्थानीयको रोहबरमा बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद सामान, गाडी र मानिसलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ ।

कमेन्ट गर्नुहोस्