लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको शुद्धाेधनमा ईलाका प्रशासन कार्यालयको सेवा सुरु हुने

IMG

तिलोत्तमा, भाद्र २२ गते २०८०। रुपन्देहीको रुपन्देहीको शुद्धाेधन गाउँपालिका वडा नं ५ मानपकडीमा नेपाल सरकार बाट स्वीकृति ईलाका प्रशासन कार्यालयको सेवा सुरु हुनेभएको छ।जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका प्रमुख भरतमणी पाण्डेकाे अध्यक्षतामा बसेको बैठकले साे ईलाका प्रशासन कार्यालयको सेवा क्षेत्र निर्धारण गर्न कार्यदल गठन गर्ने र उक्त कार्यदलले भाद्र २५ गतेभित्र सेवा क्षेत्र निर्धारण गरि सिफारिस गर्ने निर्णय गरिएको थियो।


जसमा जिल्ला समन्वय समिति, रुपन्देही प्रमुख उमाकान्त चापाँईकाे संयोजकत्वमा र बुटबल उप-महानगरपालिका नगर प्रमुख खेलाराज पाण्डे,तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाँड,सैनामैना नगरपालिका नगर प्रमुख फडेन्द्र शर्मा,शुद्धाेधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल,सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे,गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल,कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल सदस्य र जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका स,प्र,जि,अ,रामचन्द्र अर्याल सदस्य सचिव रहनुभएकाे छ।


उक्त शुद्धाेधन गाउँपालिका वडा नं ५ मा अवस्थित शुद्दोधन गाउँपालिकाको स्वामित्वमा रहेको आयूर्वेद कार्यालय सेवा प्रवाहको दृष्टिकोणले उपयुक्त देखिएकोले उक्त स्थानमा ईलाका प्रशासन कार्यालय, मानपकडीमा स्थापना गर्ने निर्णय गरिएको शुद्धाेधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्