लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दाङ र स्याङ्गजामा करेन्ट लागेर २ जनाकाे ज्यान गयाे

IMG

तिलोत्तमा, भाद्र २२ गते २०८०। दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।लमही नगरपालिका-२ श्रीगाउँका ४५ वर्षीय दिलबहादुर चौधरीको करेन्ट लागेर ज्यान गएको  प्रहरीले जनाएको छ ।बाटोमा हिँड्ने क्रममा लत्रेको तारमा करेन्ट लाग्दा चौधरीको ज्यान गएको हो ।उहाँको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।


त्यस्तै  स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । वालिङ नगरपालिका-६ रसखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर ३६ वर्षका यमबहादुर थापाको आज बिहान ज्यान गएकाे हाे । माछा मार्न थापासँगै गएका अन्य पाँच जनालाई पक्राउ गरिएकाे  जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिनुभयो ।


पक्राउ पर्नेमा वालिङ-६ थापाडाँडाका ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नगरपालिका-१० का ३७  वर्षीय दिपेन्द्र अधिकारी, पर्वतको पैयुँ गाउँपालिकाका २० वर्षीय अनिल चौधरी र कन्चनपुर बेलौरी नगरपालिका-६ का ६० वर्षका बलदेव राना रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

कमेन्ट गर्नुहोस्