लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माओवादीको ‘जनतासँग विशेष अभियान’ – २५ लाख मतदातासँग प्रत्यक्ष संवाद र ८ लाख सदस्यता बनाउने

IMG

भदौ १५, २०८० तिलोत्तमा। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले शनिबारदेखि आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर पार्टी रूपान्तरण अभियान सुरु गर्ने भएको छ । अभियानमार्फत् ‘घरघरमा माओवादी, जनजनमा माओवादी’को नारा दिएर माओवादी केन्द्र जनतासमक्ष पुग्न लागेको हो । अभियानको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार उद्घाटन गर्दैछन् ।


अभियानअन्तर्गत पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धनलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।


अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ।अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ को घट्टेडाँडा पार्कमा जानेछन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरा ललितपुर महानगरको २८ वडा, उपाध्यक्ष अग्नी सापकोटा सिन्धुपाल्चोकको लिसंखुपाखर ३, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगर २२मा खटिने छन् ।

कमेन्ट गर्नुहोस्