लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भन्सार र विद्युत् विधेयक संसदमा पेस गर्ने निर्णय

IMG

तिलोत्तमा, २०८० भाद्र १२ गते। सरकारले भन्सार विधेयक र विद्युत् विधेयक सङ्घीय संसदमा पेस गर्ने निर्णय गरेको छ ।आज मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले याे निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताउनुभयो ।उहाँका अनुसार सरकारले प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने, नेपाल र फिलिपिन्सबीच कुटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको पनि बताउनुभयो । 


यस्तै बैठकले नेपाल प्रशासन सेवा सामूहिकीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय गरेकाे उहाँले जानकारी दिनुभयाे ।बैठकले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्