लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको तिलोत्तमामा शुक्रबारदेखि जेसीज सम्मेलन हुँदै

IMG

तिलोत्तमा, भाद्र ७ गते।  रुपन्देहीमा शुक्रबारदेखि हुने जेसीआई नेपालको क्षेत्र घ सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनमा करिब एक हजार प्रतिनिधि सहभागी हुँदैछन् ।मणिग्रामस्थित ड्रिमल्याण्ड होटलमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको पत्रकार भेटघाट कार्यक्रम गरी जानकारी दिइएको हो ।सम्मेलनका प्रतिनिधिहरुको व्यवस्थापन, उद्घाटन समारोहको तयारी गरी सबै काम सकिएको सम्मेलनको व्यवस्थापन गरिररहेको जेसीआई तिलोत्तमाका अध्यक्ष प्रकाश गौतमले जानकारी दिए ।


लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य एवं संघीय सांसद ठाकुर गैरे, कांग्रेस केन्द्रीय सदस्य एवं संघीय सांसद प्रदीप पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं संघीय सांसद मनिष झा वक्ताका रुपमा सहभागी हुने जेसीआई तिलोत्तमाका संस्थापक अध्यक्ष विनोद ढकालले बताए । दुई दिनसम्म चल्ने सम्मेलनले राष्ट्रिय महाधिवेशनका लागि क्षेत्रगत रुपमा एजेण्डा पारित गर्नेछ ।


हालसम्म भए गरेका कार्यक्रमको बारेमा पनि सम्मेलनमा छलफल हुने सम्मेलनका सभापति एवं क्षेत्र घ का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जीवन कार्कीले बताए। राष्ट्रिय अध्यक्ष विकास मानन्धरको प्रकरण गोष्ठी (थिम सेमिनार), वक्तृत्वकला, उत्कृष्ट शाखालाई पुरस्कृत, विजनेश एण्ड वियोण्डसम्बन्धी तालिमलगायतका कार्यक्रम पनि सम्मेलनका क्रममा हुनेछन् ।

कमेन्ट गर्नुहोस्