लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको भलवारी चोकमा वाटर एटियम मेशिनद्धारा खानेपानी सेवा शुरु

IMG

तिलोत्तमा, २०८० भाद्र ६ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर सात भलवारी चोकमा वाटर एटियम मेशिनद्धारा खानेपानी सेवा शुरु गरिएको छ ।बुधबार एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाड र उपप्रमुख जागेश्वरी चौधरीले सयुक्त रुपमा उद्धाटन गर्नुभएको हो ।कार्यक्रममा बोल्दै नगरप्रमुख खाडले नगरका अन्य क्षेत्रमा पनि शुद्ध पिउने पानीका लागी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरुलाई सहयोग गर्न नगरपालिका  हातेमालो गरी नगरबासी र सडक यात्रुको स्वास्थ्यप्रति सचेत रही शुद्ध खानेपानीको ब्यवस्थाका लागी नगरपालिकाले आर्थिक लगायत अन्य सहयोग गर्ने बताउनुभयो ।


करहिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष हेमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि,राजनैतिक दलका प्रतिनिधि,खानेपानीसंग सम्बन्धी सरकारी तथा उपभोक्ता संस्थाका प्रतिनिधि,ब्यवसायी,टोल विकाश समितिका प्रतिनिधि, समाजसेवी, कर्मचारी सुरक्षा निकायको सहभागिता रहेको थियो ।कार्यक्रममा बोल्दै करहिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष हेमराज पौडेलले स्थानीयबासी र सडक यात्रुहरुलाई स्वस्थ पिउने पानीकालागी वाटर एटियम मेशिनले सेवा प्रदान गरिएको र आगामी दिनमा मंगलापुर,पथ्थरडांडा लगायत अन्य क्षेत्रमा पनि सेवा प्रदान गरिने विभिन्न निकायबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।


रुपन्देही तिलोत्तमा नगरपालिकाको भलवारी चोकमा शुद्ध खानेपानीका  शुरु गरिएको वाटर एटियम मेशिन खानेपानी तथा सरसफाइ डिभिजन योगीकुटीको सहयोगमा प्रदेश सरकारबाट मेशिन  जसको सात लाख पचास हजार , करहिया खानेपानीको तीन लाख पचास हजार लगानी र तिलोत्तमा नगरपालिकाद्धारा  लगानी।कर्मचारी ,आयल निगम भलवारीले जग्गा उपलब्ध गराएका कारण सेवा प्रदान गर्न सकिएको ई,दवी प्रसाद पाठकले बताउनुभयो ।कार्यक्रमको संचालन  करहिया खानेपानी उपभोक्ता तथा सरसफाई  संस्थाका सचिव दिपक भण्डारी,   वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद रेग्मीले धन्यवाद  दिनुभएको थियो ।



कमेन्ट गर्नुहोस्