लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काठमाडौं जाँदै गरेको बस दाउन्नेस्थित घिउखोलामा पल्टियो, २९ यात्रु घाइते

IMG

तिलोत्तमा सिटी । भदौ ५ गते । पूर्व–पश्चिम राजमार्गको नवलपुर दाउन्नेमा यात्रु बस आज बिहान पल्टिँदा २९ जना घाइते भएका छन् । नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको घ्युखोलामा बिहान बस दुर्घटना भएको हो ।


जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाण्डौका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो ।


दुर्घटनामा घाइते भएकाहरूको मध्यबिन्दु जिल्ला अस्पताल र दुम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । घाइते सबैको अवस्था खतरामुक्त छ । बसमा ३५ जना यात्रु थिए ।

कमेन्ट गर्नुहोस्