
561x350 तिलोत्तमा, २०८० साउन ३२ गते। ल...आउनुस, आउनुस, आउनुस , घोडा बसिराछ, छिटो आउनुस चढ्नुस फोटो खिच्नुस, भाइरल हुनुस ........। हरेक दिन तिलोत्तमाको बनबाटिकामा बास बगानको छेउमा सुनिने बिरबास गुल्मीका ८१ बर्षीय थमन बहादुर घिमिरेको आवाज हो। बिगत २ बर्षदेखि यहि क्षेत्रमा घोडा चढाएर पर्यटकलाई मनोरंजन गराएका घिमिरेलाई आन्तरिक तथा बाह्य पर्यटकले "घोडे बा" भनेर बोलाउछन।
१७ बर्षीय उमेरमा भारतीय सेनामा रहेका घिमिरे लडाइंमा परेर आफ्नो सर्भिस पुरा गरि १७ बर्षमै फर्किएका हुन्। आफ्नो छोरा गोकर्ण घिमिरेले घोडा बुटवल लिएर जान आग्रह गरेपछि छोराको आग्रह नकार्न नसकेर आएका घिमिरे अहिले औधी खुसि छन्। हाल २ वटा घोडा राखेर पर्यटक तानिरहेका उनले हास्दै भन्छन- जानेकालाई दिन्छु नजानेकालाई झ्याप्प दिन्न , त्यस्तालाई.. म आफै डोर्याउछु, पैसा कति हो बुवा भन्छन,मैले छ भने दिनुस छैन भने पर्दैन भन्छु।
आफुलाई ८० बर्ष पुरा गरे जस्तो नलाग्ने र यो बेला पनि उही जोश र जाँगर भएका "घोडे बा"ले आफु उमेरमा कुलतमा नलागेकोमा अहिले खुसी देखिन्छन। रोग केहि पनि छैन भन्ने उनि सैनिकमा हुँदा कम्मर र ढाडमा केहि समस्या भएपनि दिर्घकालिन समस्या नभएको उनको भनाई छ।पर्यटक नआउदा भजन सुन्ने गीत सुन्ने गरेर बस्न मन पराउने घिमिरे "घोडे बा", घोडा नभएको भए दिन काट्नै गाह्रो हुने बता छन्। साँझ कहिलेकसो घोडा लैजाने रउनि तिलोत्तमा-६ गोरकट्टामा बस्छन। बाटोबाट घोडामा जाँदा १० मिनटमा पुग्ने उनी साइकलमा आधा घन्टामा घर पुग्छन। घर आउदा जाँदा बाटोमा भेटेकाले कहाँ हो घर भन्दै सोध्नुहुन्छ , खुसी लाग्छ, उनी रमाउदै भन्छन।
एउटा घोडालाई १ लाख ९० हजारसम्म पर्ने बताउने उनले घोडालाई ल्याउदा १०/१२ हजार भाडा लिने गरेको उनी बताउछन। एकपटक चढेका मान्छे दोस्रो पटक प्राय नचढ्ने हुनाले मान्छे नहुँदा दुख लाग्दैन। मान्छे नभएका बेला के गर्नुहुन्छ भन्ने प्रश्नमा "घोडे बा"भन्छन - त्यो समयमा गीत लगाएकाहरुकोमा गएर,नाचेर समय बिताउछु। देश विदेशबाट "ओहो यो उमेरमा पनि बुवा" भन्दै देशबिदेशबाट धन्यबाद दिदै आशिर्बाद लिंदा उनि उत्तिकै खुसी हुन्छन। बोल्दा हास्दा फरासिला घिमिरे बा "घोडे बा" ले अबको उमेर, सक्दासम्म यहि काम गरेर बिताउने सोचमा छन्। तस्बीर : नयाखोज मिडिया
कमेन्ट गर्नुहोस्