लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हरियाली प्रवर्द्धन एवं सरसफाई अभियानमा तिलोत्तमाको १०८ औं श्रृखला,नगरबासीको आकर्षण बढ्दो

IMG

तिलोत्तमा,साउन १ गते २०८०। तिलोत्तमा नगरपालिकाले “ग्रिन तिलोत्तमा, क्लीन तिलोत्तमा“ अन्तर्गत १०८ औं संस्करण सम्पन्न भएको छ । हरेक महिनाको १ र १५ गते गरिंदै आएको सो कार्यक्रम अभियान तिलोत्तमा -१४ को टिकुलिगढमा सम्पन्न भएको हो। सो कार्यक्रममा सहभागीहरूले सामाजिक चेतनाको विकाश विना फोहोर उत्सर्जन र बिसर्जन प्रकियालाई रोक्न नसकिने बताएका थिए । तिलोत्तमा वडा नम्बर १४ का अध्यक्ष आश्विन पौडेलको अध्यक्षता तथा नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न सो अभियान अन्तर्गत तिलोत्तमा १४ को विभिन्न टोल भित्रि सडक तथा सार्बजनिक स्थानहरुको सरसफाई गरिएको थियो। 


सो अवसरमा बोल्दै नगर प्रमुख खाणले नगरलाई हराभरा गराई औसत आयु लम्बाउन सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले विद्यालय हाता बाहिर सुर्ति र मदिराजन्य पदार्थको विक्रीवितरण भैरहेको, नास्तामा जंकफुडसँगै पोलिथिनजन्य पदार्थको बढ्दो उपयोग लगायतका समस्याले फोहोर मैला ब्यवस्थापनमा गंभीर चुनौति थपिएको बताउनुभयो । सो कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाँणले नियमित सरसफाइ र हरियाली प्रबर्द्वन कार्यलाई सबै नगरबासीले निरन्तरता दिदै आगामी दिनमा बृहत सहभागीतालाई अझै जोड दिनुपर्ने सुझाब ब्यक्त दिनु भएको छ ।


सोहि क्रममा वडा नम्बर–१४ का अध्यक्ष आश्विन पौडेलले वडा बासीको सहभागिताले नगर सरसफाईको अभियानलाई सहज र सरल संगै स्तरिय बनाएको बताउनुभयो। उहाँले सरसफाई अभियान १०८ औ शृंखलासम्म आउनु कुनै सानो कुरा नभएको उल्लेख गर्दै आगामी दिनमा स्वास्थ्य र सरसफाई तथा हरियाली र प्रदुषण बिनाको नगर बनाउने अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभएको थियो। आज सम्पन्न सरसफाई तथा हरियाली प्रबर्धन उद्घाटन कार्यक्रमको सन्चालन वडा नम्बर १४ का सदस्य भुपाल सिंह छन्तेलले गर्नु भएको थियो। कार्यक्रममा वडा अन्तर्गतका कार्यपालिका सदस्य रवी सेन्चुरी लगायत सबै वडा सदस्यहरू, सम्पुर्ण टोल विकास संस्था पदाधिकारी, आमा समूह, नगरपालिकाका कर्मचारीहरू, वडा नं १४ का आम नागरिकहरुको सहभगिता रहेको थियो।

कमेन्ट गर्नुहोस्