लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शिव पान्चायन मन्दिरको साधारणसभा तथा अधिवेशन सम्पन्न ,अध्यक्षमा हरि गौतम निर्बिरोध

IMG

तिलोत्तमा, जेष्ठ १ गते । शिव पान्चायन मन्दिर तिलोत्तमा १२ को २२ औ साधारण सभा तथा ८ औ अधिवेशन आज सम्पन्न भएको छ । सम्पन्न अधिबेशनले निर्बिरोध रुपमा हरि गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा कमल गौतम , सचिवमा खुमराज कडेंल कोषाध्यक्षमा घनश्याम ज्ञवाली , सह सचिवमा पबित्रा पन्थी रहनु भएको छ ।


त्यसैगरि सदस्यहरुमा दिपक गौतम , यमादेवि गौतम र अनिल पौडेल रहनु भएको छ ।शिव पान्चायन मन्दिरका अध्यक्ष हरि गौतमको अध्यक्षता डिल्लीराज ज्ञवालीको प्रमुख आतिथ्यता र सचिव खुमराज कडेंलको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मन्दीरको भावी योजना र आयब्यय समेत प्रस्तुत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्