लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल मोबाइल संघ रुपन्देहीको शुभकामना आदानप्रदान एबम क्यालेन्डर बिमोचन

IMG

तिलोत्तमा,२०७९ चैत्र ३०। लुम्बिनी प्रदेशको व्यापारिक शहर बुटवलमा मोबाइल तथा मोबाइल एसेसरिजको ब्यापार गर्दै आएका ब्यबसायीहरुको संस्था बुटवल मोबाइल संघ रुपन्देहीले नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम गरेको छ ।संघले नयाँ बर्ष २०८०को अवसर पारेर बुटवलमा एक कार्यक्रमका बिच क्यालेन्डर बिमोचन एवं शुभकामना आदनप्रदान कार्यक्रम गरेको संघका अध्यक्ष बिष्णु ज्ञवालीले बताए। सो कार्यक्रममा बोल्दै उहाले बर्ष २०८० ले देशमा देखिएको आर्थिक मन्दी लगायतका समस्याको अन्त्य हुँदै सहज रुपमा ब्यवसाय गर्ने वातावरणको सृजना हुने कामना गर्नुभयो ।  


संघका वरिष्ठ उपाध्यक्ष एवं क्यालेन्डर प्रकाशन सम्योजक शिवदेव अर्यालको स्वागत रहेको कार्यक्रममा संघका सदस्य कृष्णप्रसाद आचार्य, सल्लाहकार नारायण गौतम, प्रेस सल्लाहकार सुमन श्रेष्ठ लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो । संघका महासचिव दिपेन्द्र पान्डेको सन्चालनमा सो शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो ।



कमेन्ट गर्नुहोस्