लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महिलाहरू आत्मनिर्भर हुनुपर्दछ, अनि मात्र समाज अगाडी बढ्दछ:उपमेयर चौधरी

IMG

तिलोत्तमा,२०७९ चैत्र ५। महिलाहरु आफ्नो हक अधिकारसंगै कर्तब्यबाट पनि विमुख हुन नहुने तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जागेश्वर देवी चौधरीले बताउनुभएको छ। महिलाहरु आर्थिक रुपमा सबल हुन शैक्षिक योग्यतासंगे सिप र दक्षता हासिल गरि आत्मनिर्भर हुनुपर्ने उहाँले बताउनुभयो। भान्सा चुलोचौकोमा समेत महिलाहरू पुरुषमाथि निर्भर हुनुपरेको यथार्थलाई चिर्दै नगर उपप्रमुख चौधरीले अबको समाजलाई रुपान्तरणमा बदल्न महिलाहरु हरेक तरहले सक्षम हुनुपर्ने बताउनुभयो। 


रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ तपाहास्थित श्री मिलिजुली आमा समुहको १० औं साधारण सभा तथा ११ औ बार्षिकोत्सवको अवसरमा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले सो कुरा बताउनुभएको हो। आमा समुहको साधारण सभा तथा बार्सिकोत्सवको अवसरमा कुर्सी रेस, घैटो फोडजस्ता रोमाञ्चक खेल समेत भएको थियो। घैटो फोड प्रतियोगितामा ओमकला गैरेले प्रतियोगिता जित्नुभएको थियो भने कुर्सी रेसमा प्रथम द्वित्तीय र तृतीय हुनेलाई नगर उपप्रमुख चौधरी र समुहकी अध्यक्ष बसुन्धरा पाण्डेले पुरष्कार प्रदान गर्नुभएको थियो। । 


आमा समुहकी अध्यक्ष बसुन्धरा पाण्डेयको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जागेश्वर देवी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारण सभामा समाजसेवी पूर्ण बहादुर खत्री, महिलाहरुको प्रतिनिधित्व गर्दै राममाया पौडेललगायतले बोल्नुभएको थियो। सो साधारण सभामा बोल्दै अध्यक्ष पाण्डेले समाजमा महिला ससक्तिकरणको आवाज बुलन्द गर्न सबै महिलाहरु एकजुट हुनुपर्ने बताउनुभयो। आफ्नो बार्षिक तथा आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै उहाँले समाजको बिकासमा नारी शक्ति एक हुनुपर्ने र शिक्षाको ज्योति फैलाउनुपर्ने समेत बताउनुभयो।


साधारण सभामा समाजका ज्येस्ठ नागरिक, समुहका आजिवन सदस्य, आमा समुहका शैक्षिक जगतमा उकृष्ट हुने छोराछोरी तथा हरेक कृयाकलापमा अतुलनिय सहयोग गरेकोमा जागृति युवा क्लब तिलोत्तमा-२ तपाहा र समुहलाई आर्थिक सहयोग गर्नेहरुलाई समेत सम्मान सहित कदर पत्र र मायाको चिनो प्रदान गरिएको थियो। समुहकी उपाध्यक्ष उपाध्यक्ष मेनुका थापाको स्वागत मन्तव्य,तथा आमा समुहकि सचिव नेत्र कुमारी बस्याल र  जागृति युवा क्लबका अध्यक्ष बिदुर केसीको संचालनमा सम्पन्न साधारण सभा सम्पन्न भएको थियो। आमसमुहको सो बृहत कार्यक्रममा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो। 

कमेन्ट गर्नुहोस्